पोखरा- गण्डकी प्रदेशमा नेपाली कांग्रेसको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । केहीबेरमा उद्घाटन कार्यक्रम राखिएको छ ।शुक्रबार मनोनयन तथा शनिबार मतदानको कार्यक्रम छ । मनोनयनको समय नजिकै आउँदासमेत यहाँ उम्मेद्वारहरू टुंगिएको छैन ।
संस्थापन पक्षले सभापतिमा पर्वतका अर्जुनप्रसाद जोशीलाई टिकट दिएको छ । संस्थापनइतर समूहमा पाँच जनाको दाबेदारी छ । कास्कीबाट देवराज चालिसे, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् ।
आकांक्षी धेरै भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायतका नेताहरूको पोखरामा निरन्तर बैठक चलिरहेको छ । स्राेतका अनुसार शुक्रराज शर्मा र देवराज चालिसेमध्ये एक जनालाई टिकट दिन लागिएको छ । ‘देवराजको माहोल राम्रो छ । उहाँले टिकट पाउने सम्भावना प्रबल छ,’ एक नेताले भने, ‘अरु तीन जना रिङबाट भइसक्नुभएको छ ।’
सभापतिको टुंगो नलागेका कारण अन्य पदाधिकारीमा पनि अन्योल छ । संस्थापन पक्षले उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महतलाई उठाउने भएको छ । महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का तथा सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र ओमकला चालिसेको नाम चर्चामा छ ।
संस्थापनइतरले भने उपसभापतिमा किरणबाबु श्रेष्ठ र बागलुङका हरिकुमार श्रेष्ठ, महामन्त्रीमा कृष्ण केसी र विष्णु लामिछाने तथा सहमहामन्त्रीमा कल्पना तिवारी र सरिता गुरुङलाई उठाउने देखिएको छ । अर्को सहमहामन्त्रीको उम्मेद्वार अझै खोजी भइरहेको छ । मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङले कुनै पनि पदाधिकारी नपाउने भएको छ । अरु नाम पनि हेरफेर हुन सक्ने पौडेल समूहका एक नेताले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस