अछाम – नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन अन्तर्गत साेमबार अछाम क्षेत्र नम्बर १ मा भएकाे मतदानको परिणाम सार्वजनिक भएको छ । महाधिवेशन प्रतिनिधिको खुलातर्फ सबैभन्दा बढी मत ल्याएर वर्तमान पार्टी सभापति भरतकुमार स्वाँर विजयी भएका छन् । उनले ४६१ मत प्राप्त गरेका छन् ।
दोस्राेमा नेवि संघ अछामका अध्यक्ष युवा नेता नृपबहादुर साउद ४५३ मत ल्याएर विजयी भएका छन् । उनले पूर्व मन्त्री गोविन्दबहादुर शाहलाई पछि पारेका हुन् ।तेस्राे स्थानमा भने पूर्व मन्त्री शाह छन् । उनले ४३० मत प्राप्त गरेका छन् ।
पूर्व पार्टी सभापति मेघराज खड्काले चौथो नम्बरमा ४२८, पाचौँमा राजन कुवँरले ४१६, टिकाराम खनाल ३८८, भक्त ठकुल्ला ३६०, कृष्ण कुवँर ३४१, राजेन्द्रबहादुर शाह, ३३८ र राजेन्द्र कुवँरले ३०० मत प्राप्त गरेर विजयी भएका छन् ।
यस्तै, महिला खुल्लातर्फ सबैभन्दा बढी अनुराधा स्वाँरले ४६८, दोस्राेमा भुवनेश्वरी शर्मा ४२९, तेस्राेमा माया कुवँर ३७३ र चौथोमा लक्ष्मी शाहले ३४६ मत प्राप्त गरेर विजयी भएका छन् ।
खस आर्यतर्फ पुरुषमा सबैभन्दा बढी ४ सय ९ मत ल्याएर तपेन्द्र खड्का बिजयी भए । यस्तै, दोस्राेमा जयन्द्र बहादुर स्वाँर ३६४, तेस्राेमा पूर्व आईजिपी मोतिलाल बोहरा ३४१ र चौथोमा हर्षप्रसाद भट्ट १७९ मत ल्याएर विजयी भएका छन् ।
यस्तै, खस आर्य महिलातर्फ सबैभन्दा बढी ४१८ मत ल्याएर अप्सरा कुवँर विजयी भइन् भने दोस्राेमा भगवती खनाल ४०९ मत र तेश्रोमा मीरादेवी खड्का २९० मत ल्याएर विजयी भएका छन् ।
यस्तै, दलिततर्फ खुलामा सबैभन्दा बढी ४५४ मत ल्याएर अर्जुन ताम्राकार विजयी भए भने दोस्राेमा डम्बरबहादुर सुनार ३५३ मत ल्याएर विजयी भएका छन् । दलित महिलातर्फ रुपा आउजी ४१५ मत ल्याएर विजयी भएका छन् । ६ मंसिरमा भएको निर्वाचनमा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि १३ मंसिरमा पुन: मतदान भएको हाे । जम्मा ७६४ मतदाता मध्ये ७१४ मत खसेको थियो । क्षेत्रीय कार्य समितिको मतगणना भइरहेको निर्वाचन समितिका झनकराज जोशीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस