पोखरा – नेपाली कांग्रेस कास्कीको क्षेत्रीय अधिवेशनमा मिश्रित नतिजा आएको छ । प्यानल बनाएर उम्मेदवारी दिए पनि नतिजा भने प्यानलमा आएन । क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणी लामिछाने भारी मत सहित विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई १२८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । लामिछानेले ४५८ मत पाए भने गुरुङको ३३० मत छ । लामिछाने जिल्लासभापति कृष्ण केसी गुटका हुन् भने गुरुङ पूर्व सभापति यज्ञबहादुर थापाको टिमबाट चुनाव लडेका थिए ।
समितिको सचिवमा सरोज केसी र ओम प्रकाश गुरुङ विजयी भएका छन् । सहसचिवमा सुजता गुरुङ र मोती गिरी विजयी भए । सहसचिव गिरी थापा प्यानलमा थिए ।
क्षेत्र नम्बर २ को सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी पुण्डरीप्रसाद बरालाई १७ मतान्तरले हराएका हुन् । निर्देषीले २४७ मत पाए भने बरालले २३० मत ल्याए ।
निर्दोषी जिल्लामा देवराज चालिसे गुटका हुन् भने बराल शुक्रराज शर्मा प्यानलमा थिए । सचिवमा देवकृष्ण पराजुली र नरेन्द्र अधिकारी विजयी भएका छन् भने सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भए । सचिव पराजुली र सहसचिव श्रेष्ठ निर्दोषी भन्दा फरक प्यानलबाट आएका हुन् ।
क्षेत्र नम्बर ३ को सभापतिमा मनोज गुरुङ निर्वाचित भए । देउवा निकट उनी ३८३ मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी खिमलाल बास्तोला ३१७ मत ल्याए । सचिवमा मेखबहादुर तामाङ र लक्ष्मीप्रसाद पौडेल विजयी भएका छन् । सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ निर्वाचित भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस