नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले खुलेआम आफनो कार्यकर्तालाई एमालेको नेता कार्यकर्तालाई मोसो लगाउन ठाडो निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अरुण गा.पा.२ चम्पेले आयोजना गरको प्रथम वडा अधिवेशनमा यस्तो निर्देशन दिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सङ्घीय संसद (प्रतिनिधि सभा) सदस्य माननीय सुदन किरातीले आफनो भनाइ राख्ने क्रममा एमालेका नेता, कार्यकर्तालाई मोसो दल्न, जुत्ताको माला लगाउन, कुटपिट गर्न आफनो कार्यकर्तालाई निर्देशन दिएको र त्यसको सम्पूर्ण जिम्मा आफूले लिने भनि दिएको अभिव्यक्ति प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) अरुण गाउँपालिकाले घोर र्भत्सना गरेको छ । एक विज्ञप्ति जारी गर्दै (एमाले) अरुण गाउँपालिकाले आफना नेता कार्यकर्तामाथि यसरी जिम्मेवार जनताको प्रतिनिधिबाट निकृष्ट शब्दावली प्रयोग गरेको भन्दैे गाउँ पार्टी कमिटीले घोर र्भत्सना गरेको हो ।
(माओवादी केन्द्र) को भोजपुर जिल्ला ईञ्चार्जले यस प्रकारको व्यवहार र शैली सार्वजनिक मञ्च तथा समारोहबाट दिनुमा स्वयं अभिव्यक्ति दिने नेताको बुझाई र बौद्धिकतालाई समेत गिज्याइरहेको आभास अरुणबासी जनताले समेत गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमा नाङ्लो ठट्टाएर हात्ति तर्साउने दुस्साहस नगर्न र उक्त सार्वजनिक मञ्चबाट अभिव्यक्त गरिएको भनाईलाई सार्वजनिक रुपमा माफी माग्न, सार्वजनिक रुपमै सच्याउन हाम्रो पार्टीले आग्रह गरेको छ । राजनीतिक संस्कार नभुल्न र संयमता नगुमाउन सम्बन्धित पक्षलाई अपिल गर्दैं नेकपा (एमाले) हातमा दही जमाएर नबस्ने सचिव सुबास मगर र अध्यक्ष नारायण प्रसाद घिमिरेद्धारा जारी विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस