बुटवल- गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धनविना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन् । एमालेलाई हराउन पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन् । नेपाल महिला संघ रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।
‘कांग्रेस एक्लैले एमालेलाई हराउन सजिलो छैन, पार्टीको भविष्य सुरक्षित गर्न पनि गठबन्धन निर्वाचनसम्मै कायम गरिनुपर्छ,’ उनले भने । आफ्नै पार्टीका केही युवा नेताले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखिरहेका बेला गृहमन्त्री खाँणको यस्तो भनाइ आएको हो । उनी पार्टीमा प्रधानमन्त्री देउवा निकट मानिन्छन् ।
आगामी तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहे मात्र कांग्रेस सुरक्षित हुने उनको भनाइ छ । ‘कांग्रेसले पहिले गुमेको साख फिर्ता ल्याउन पनि गठबन्धन गरेर आफू सुरक्षित हुने हिसाबले चुनावमा जानुपर्छ, नभए निर्वाचन लड्न कठिन हुनेछ,’ उनले भने ।
गृहमन्त्री खाँणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताए । ‘कांग्रेसलाई सवल, सक्षम र बलियो पार्टी बनाउन प्रधानमन्त्री र सभापति एउटै व्यक्ति हुनुपर्छ,’ उनले भने । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति भए मात्र आमनिर्वाचन पनि सफल हुने उनको भनाइ छ ।
स्थानीय तहदेखि केन्द्रीय निर्वाचन कांग्रेसले मात्रै गरेको उदाहरण दिँदै गृहमन्त्री खाँणले पाँच दलीय गठबन्धन बचाउँदै चुनावसम्म लैजानु पर्ने र कांग्रेसलाई सवल, सक्षम, जिम्मेवार र बलियो पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस