सप्तरी- भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सप्तरीमा वर्षैदेखि अलपत्र रहेका बाटोघाटो निर्माणलाई प्राथमिकता दिने बताएकी छिन् । नेपालको पहिलो ‘टाउन प्लानिङ’ सहर राजविराजसहित जिल्लाका सबै ठाउँमा बाटोघाटो निर्माण सहज नहुँदा सर्वसाधारणले समस्या भोगिरहेका छन् ।
सर्वसाधारणको दैनिकीप्रति चिन्तित बन्दै अब छिटोभन्दा छिटो सडक निर्माणका गतिविधि बढाउने मन्त्री यादवको भनाइ छ । उनले भनिन्, ‘म पनि यहाँकै हुँ, मैले पनि यही बाटो हिड्नु पर्छ, पहिले १० मिनेटमा १० किलोमिटर पुग्न सकिने ठाउँ पुग्न अहिले एक घण्टा लाग्छ । पहिले पदमा थिइन । अहिले पदमा छु । बाटोघाटो निर्माणमा कुनै सम्झौता हुँदैन ।’ उनले बाटोघाटो निर्माणमा समस्या आउनुमा टेन्डर प्रक्रिया र ठेकेदारको लापरबाही पनि एक कारण रहको बताइन । उनले थपिन्, ‘मैले ठेकेदारहरूसँग कुरा गरेको छु । अब छिटो निर्माण सक्न निर्देशन दिएकी छु ।’ मन्त्री यादवले ६ महिनाभित्र सप्तरीको बाटोको कायापलट गरेर सप्तरीवासी राहत दिने योजनामा रहेको बताइन । उनले भनिन्, ‘६ महिनापछि सप्तरीबासीले बाटोघाटोको कारण समस्या भोग्नु पर्दैन ।’ नेपालको हरेक ठाउँको जिम्मेवारी मेरो काँधमा भए पनि बिदाको सदुपयोग गर्दै जिल्लाको बाटोघाटोसहित मेरो मातहतमा भएको गतिविधि अगाडी बढाएकी छु ।’
सबै नेताले गर्छ भन्नु भन्दा पनि सबैले आआफ्नो जिम्मेवार पूरा गर्न सके कुनै पनि क्षेत्रमा विकृति र समस्या नरहने तर्क मन्त्री यादवको छ । हुलाकी सडक निर्माणमा धेरै ठाउँ अदालतको स्टेअर्डरले रोकिएको जानकारी दिँदै मन्त्री यादवले थपिन्, ‘काम भएको ठाउँमा पनि गुणस्तरहीन छ । जति चौडा सडक हुनुपर्ने हो त्यति छैन ।’ स्टेअर्डर नभएको ठाउँमा गुणस्तरी काम गर्न निर्देशन दिएको बताइन ।
जिल्लाका छात्रावासहरू निर्धारित समयमा निर्माण हुन नसकेपछि नेपालस्थित भारतीय राजदुतावासले सप्तरीलाई कालोसूचीमा राखेको छ । उनले अब चाडै नै छात्रावास निर्माण सकेर सूचीबाट हट्नु पर्ने मन्त्री यादवको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस