काठमाडौं- नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ ।
जसमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिकालाई सम्बोधन गर्ने उल्लेख छ । विशेष परिपत्र भनिएको पत्रको आठौँ बुँदामा नेट सुविधा भएका वडाहरूको अध्यक्ष ओलीले उद्घाटन गर्ने र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ ओलीले सम्बोधन गर्ने उल्लेख छ ।
‘वडा अधिवेशनको भच्र्युअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष ओलीद्वारा एकसाब सम्बोधन गरिने व्यवस्था गरिनेछ । यस कार्यको लागि लिंक ५ गते पठाइनेछ ।
सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदी सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ’, परिपत्रको आठौँ बुँदामा लेखिएको छ ।
केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले गरेको पत्राचारमा स्थानीय कमिटीहरूको अधिवेशन वडा तहको अधिवेशन ६ कात्तिक र पालिका अधिवेशन ९ कात्तिकमा एकैदिन सम्पन्न गर्नुपर्ने पार्टीको निर्णयलाई स्मरण गराएको छ ।
विशेष परीपत्रका यी हुन् आठ बुँदा
१. अधिवेशनहरू संचालन गर्न जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई पालिका र वडामा अधिवेशनको सहजीकरणको लागि जिम्मेवारी तोक्ने
२. अधिवेशनहरू गर्दा भव्यतापूर्वक सकेसम्म जनसहभागितामा गर्ने
३. वडा अधिवेशनहरू गर्दा झण्डा ब्यानरलाई व्यापक रूपमा प्रयोग गर्ने
४. वडा तथा पालिकाको अधिवेशनको संख्या निर्धारण गर्दा संविधान जारी भएपछि र राज्य पुनसंरचना भएपछि अधिवेशन आयोजना गरिएको हुनाले यी अधिवेशनहरूलाई प्रथम अधिवेशन मानेर गर्ने
५. नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदी सर्वसम्मत नभएमात्र निर्वाचन विधि अपनाउने । निर्वाचनको लागि पार्टी केन्द्रीय निर्वाचन आयोगले तयार पारेको वडा÷शाखा र पालिका÷इलाका निर्वाचनसम्बन्धी सामन्य मार्गदर्शन, २०७८ यसैसाथ जारी गरिएको छ
६. वड़ा अधिवेशन सम्पन्न हुनासाथ पदाधिकारीसहित कमिटीको फोन नं. र ईमेलसहित नामावली अद्यावधिक विवरण अविलम्ब जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उपलब्ध गराउने
७. अधिवेशन उद्घाटन र अधिवेशन समापन भएपछि सञ्चार माध्यम, सामाजिक सञ्जालबाट प्रचार गर्ने
८. वडा अधिवेशनको भच्र्युअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष केपी शर्मा ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ । यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदी सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस