धनगढी- बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् । बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर पहिरो प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अवलोकन गरेर उनी बैतडीतर्फ लागेका छन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले पहिरो गएको क्षेत्रमा हेलिकोप्टर अवतरण हुन नसकेपछि प्रधानमन्त्री देउवाले आकासबाटै पहिरो अवलोकन गरेका हुन् । ‘थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ३–४ पटक अवतरण गर्ने प्रयास गरियो,’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘तर असफल भएपछि उहाँ बैतडीतर्फ जानु भएको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस