बुटवल-नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेलाई समाप्त पार्न खोज्ने शक्ति आफैँ समाप्त हुने दावी गरेका छन् । उनले एमाले कमजोर छ भनेर ठाने कांग्रेस र माओवादीका लागि महाभूल हुने बताए ।
राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीको प्रथम युवा सम्मेलनलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै नेता बस्नेतले एमाले र केपी ओली मधेश विरोधी हुन् भनेर हल्ला फैलाइएको भए पनि त्यो गलत भएको पुष्टि हुँदै गएको बताए ।
‘हामीले सही ढंगले विषयवस्तु जनतालाई बुझाउन सकेनौं, तर ओली नेतृत्वको सरकारले मधेशमा विकासको लहर ल्याएको छ, मधेशमा विकास निर्माणका धेरै कार्यहरू भएका छन्,’ उनले भने । एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि विभिन्न कार्यक्रम ल्याएको उनले दावी गरे ।
एमाले नेतृत्वको सरकारले सुकुम्बासी, भूमिहीन तथा गरिबका लागि उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरी जग्गा दिन खोजेको उनको भनाइ छ ।
‘२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारको पालामा ५८ हजार सुकुम्बासीले जग्गा पाएका थिए, केपी ओली नेतृत्वको सरकार नढलेको भए मुलुकमा २० लाख भूमिहीनले जग्गा पाउँथे,’ नेता बस्नेतले भने ।
रुपन्देहीको विकासका निम्ति विष्णु पौडेलले सशक्त रूपमा नेतृत्व गरेको उनले दावी गरे । लुम्बिनी क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिबाट खासै विकासका काम हुन नसकेको उनले बताए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता बस्नेतले अहिले एमाले मुलुकको सबैभन्दा ठूलो शक्ति भएको दावी गरे । नेता बस्नेतले मन्त्री छनौटको विषयलाई लिएर कांग्रेस र माओवादीभित्र झगडा सुरु भइसकेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस