काठमाडौ-नेकपा एमालेले पार्टीको प्रथम विधान महाधिवेशनमा पारित गरिएको प्रतिवेदन दशैँअघि नै वितरण गर्ने तयारी गरेको छ ।
पार्टीले अहिले महाधिवेशनमा आएका सुझावको आधारमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई अन्तिम रूप दिइरहेको छ ।
एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले अहिले प्रतिवेदनको पुनर्लेखन भइरहेकाले दशैँ अगाडि सबै नेता तथा कार्यकर्ताको हातमा पुर्याउने बताए ।
‘अहिले पारित गरिएको प्रतिवेदनलाई पुनर्लेखन गरिँदै छ’, उनले भने, ‘कमिटीले पार्टीलाई दिनेबित्तिकै छाप्नेछौँ ।’
उनले दशैँअघि छाप्न नभ्याए पनि विद्युतीय कपी सबै जिल्लामा पठाइने जानकारी दिए ।
गत १५ देखि १७ असोजसम्म भएको विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक र उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।
एमालेले आगामी १० देखि १३ मंसिरसम्म १०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस