काठमाडौँ- आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।
सोमबार प्रतिनिधि सभाबाट बजेट पारित गरेको सरकारले आजको राष्ट्रिय सभा बैठकमा बजेटका तीनवटै विधेयक पेस गर्ने कार्यक्रम छ । अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले सोमबार पास गरेको हो ।
अब आजको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गरिनेछ। दलहरूबीच सहमति भए विधेयकबारे आजै सैद्धान्तिक छलफल हुनेछ ।
सैद्धान्तिक छलफल सकिएपछि संशोधनका लागि ७२ घण्टा समय दिइनेछ । यस अवधिमा सांसदहरूले बजेटमा संशोधन सुझाव राख्न पाउनेछन् ।
राष्ट्रिय सभाका सदस्यले विधेयकमा खर्च कटौतीको प्रस्तावसमेत राख्न पाउँछन् । यसमा छलफल गरिसकेपछि राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउनेछ ।
यसपछि प्रतिनिधि सभाले सभामुखमार्फत विधेयक राष्ट्रपतिकहाँ पठाउँछ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ । अनि मात्र सरकारले खर्च गर्न पाउनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस