काठमाडौँ- लगातार वर्षातका कारण गएको बाढी, पहिरो र डुवानबारे सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बिहान जानकारी लिएका छन् ।
प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख (डीआइजीपी)हरूसँग बाढी, पहिरो र डुवानबारे गृहमन्त्री खाणले जानकारी लिएका हुन् ।
गृहमन्त्री खाणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी माया भट्टराई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षातपछिको अवस्थाबारे जानकारी लिएका हुन् ।
मन्त्री खाँणले अहिलेसम्मको कामको प्रशंशा गर्दै अझै वर्षात् जारी रहेकाले पूर्वतयारी पूर्णरुपमा गर्न निर्देशन दिएका छन् ।
मन्त्री खाँणले भने, “अहिलेसम्म तपाईंहरुले राहत, उद्धार र अस्थायी बसोबासको व्यवस्था गर्न गरेको काम सराहनीय छ । अब पूर्वतयारी पनि त्यो भन्दा राम्रो गतीशीलताका साथ गर्नुहोला।”
उनले मानिसको जीवन रक्षा र विपत्तिलाई सहजतामा ल्याउन उपलब्ध स्रोत र साधनको उपयोग गरी कुनै कसुर बाँकी नराख्नसमेत निर्देशन दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस