काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटामाथि गरेको व्यवहार संसदीय मर्यादा विपरीत भएको सत्तारुढ गठबन्धनले बताएका छन् ।
नेपाली कांग्रेसकी सचेत पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङ, जनता समाजवादी पार्टी नेपालको सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेता माधवकुमार नेपाल निकट सांसद जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै एमाले सांसदको गतिविधिको विरोध जनाएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, “यही भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालय, सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माननीय सदस्यहरुले सम्माननीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादा विपरीत बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरुमा सम्माननीय सभामुखज्यू विरुद्ध दिनुभएको धम्कीमुलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”
नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक भएको विज्ञप्तिमा उल्लेख छ । सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको उनीहरुले आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ “संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो। अतः सम्माननीय सभामुखज्यू विरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौं।”
नेता नेपाल समूहका १४ सांसदमाथि कारवाही प्रक्रिया अघि नबढाएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सांसद महेश बस्नेत, शान्ता चौधरीलगायत सांसदहरुले संसद सचिवालयमै पुगेर दबाव दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस