काठमाडौँ- आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएको बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने जानकारी दिएका छन् । जारी बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन र महमन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा बोल्ने नेताहरुले मुख्यगरी आगामी भदौ १६ देखि गर्ने भनिएको पार्टीको १४ औं महाधिवेशनको म्याद धेरै पछाडि सार्न नहुनेमा जोड दिएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले सभापति देउवाबाटै आएको प्रस्तावअनुसार महाधिवेशन मंसिरसम्म गर्न सकिने बताइरहँदा संस्थापन इतरपक्षका सदस्यहरुले भदौमै महाधिवेशनको कार्यतालिकामा प्रवेश गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरुले बोल्नेक्रम सकिएपछि प्राप्त सुझावका आधारमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने बताएका छन् । यही साउनको १२ गते सुरु गर्ने भनिएको स्थानीय तहस्तरको अधिवेशन प्रभावित भएपछि त्यसपछिका सबै कार्यतालिका प्रभावित भएको सन्दर्भमा केन्द्रीय कार्यसमितिको बैठकले सबै तहको अधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्ने प्रवक्ता शर्माको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस