काठमाडौँ- जनमत र विधिको शासनको उपहास गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगेको टिप्पणी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरेका छन् ।
भक्तपुरको मध्यपुर नगरपालिका–३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले भने, “जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बर्हिगमन भयो। यो कुराबाट सबैले पाठ सिक्नुपर्छ ।”
संविधान र कानुनभन्दा माथि कोही पनि नहुने उनको भनाइ छ । ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बढेको उनले बताएका छन् ।
उनले भने, “ओलीको भनाई र गराई फरक छ । आफ्नो शासन कालमा के कति भ्रष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्नुहोस् । म नै सबथोक मैले बोलेपछि नहुने भनेकै केही छैन । त्यही घमण्डको कारणले दुईतिहाइको सरकारबाट बालकोट पुग्नुपरेको छ।”
जनप्रतिनिधि जनता र मुलुकप्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिएका छन्। जनप्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्त्वका साथ हेरिरहेको उनको भनाइ छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस