काठमाडौँ- विद्यार्थीको भविष्य र स्वास्थ्य माथि खेलवाड नगर्न सम्बन्धित पक्षसँग नेपाली कांग्रेसका नेता गगन थापाले आग्रह गरेका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको भन्दै स्वास्थ्य माथि खेलवाड नगर्न आग्रह गरेका हुन् ।
एउटै हलमा धेरै विद्यार्थी राख्दा संक्रमणको जोखिम बढ्ने उनको भनाइ छ । साथै, उनले छुट्टै व्यवस्था नहुँदा संक्रमितहरू आफ्नो अवस्था लुकाई परीक्षा दिन बाध्य भएको र यसले संक्रमण जोखिम बढाएको बताए ।
उनले भने, “एकातिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने? कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ! तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर ।”
यस बारेमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ध्यानाकर्षण गराएको उनको भनाइ छ । भेटमा पधानमन्त्रीले यो विषयलाई गम्भीरताका साथ लिएको र तत्काल पहलकदमी लिई ठोस निर्णय गर्ने विश्वास दिलाएको थापाको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस