काठमाडौँ- आज पनि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । नेता रघुजी पन्तले आज पनि बिहीबारदेखि काठमाडौंमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने बताएका छन् ।
उनले हिजोको बैठकमा सदस्यहरुले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि बस्न लागेको जानकारी दिएका छन् । हिजोको बैठकमा विजय पौडेल, झपट रावल, रामकुमारी झाँक्री, सावित्रा भुसाल, निरा जैरु, ठाकुर गैरे र भानुभक्त जोशी लगायतले बोलेका थिए ।
बैठकका सहभागी नेताहरुले पार्टीको अन्तरबिरोधका विषयमा आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्यांक्वेटमा जारी बैठकमा सहभागी अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन् ।
बैठकमा ७३ जना केन्द्रीय सदस्य उपस्थित भएर हस्ताक्षर गरेको एक नेताले जानकारी दिएका छन् । बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय उपलब्ध गराइएको थियो । पार्टी एकताको सम्भावना क्षीण हुँदै गएको अवस्थामा आफू पक्षका नेताहरूको धारणा बुझ्नका लागि नेता नेपालले केन्द्रीय कमिटी बैठक आयोजना गरेका हुन् ।
बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए । बैठकलाई सम्बोधन गर्दैै वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस