काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छिन्।
मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरूसँग बिहीबार (आज) छलफल गर्ने क्रममा मन्त्री भुसालले आफूले गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी आफूले तयारी अगाडी बढाएको बताएकी हुन्।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ-उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन्। उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनतालाई केही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरी तयारी गरिरहेको छु। करिब करिब हामी त्यसको निश्कर्षमा पुग्दैछौँ। घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्धेश्यसाथ काम हुँदैछ।’
मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पुर्याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन्। निःशुल्क सिँचाइ सेवा दिनसके विदेशी तेल खपत गरेर पम्प र मोटर चलाउनुपर्ने अवस्था अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन्।
सिँचाइको सुविधा पुर्याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरिन्। उनले भनिन्, ‘सबै कृषि योग्य जमिनमा सिँचाइ पुर्याउने, सिँचाइलाई पनि हामीले आधारभूत र निःशुल्क ढंगले सेवा दिन सक्यो भने, विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाइ गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्यो भने त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पद्धार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो।’
उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताइन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस