काठमाडौँ- आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नेकपा (एमाले)को विवाद मिलाउनका लागि भेटघाट हुने भएको छ ।
गत आइतबार राति संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव बिष्णु पौडेलले अध्यक्ष ओलीसँग करिब चार घण्टा छलफल गरेका थिए । एमाले स्रोतका अनुसार यता माधव नेपालसँग भीम रावल सुरेन्द्र पाण्डे लगायतका नेताहरुले करिब छ घण्टा छलफल गरेका हुन् । त्यसपछि सोमबार दुवै समूहले स्थायी कमिटी बैठकमा छलफल गरेका थिए ।
आ-आफ्नो समूहमा छलफल गरेर पुन विघटित कार्यदलको तहमा छलफल भएपछि आज अध्यक्ष ओलीलाई भेट्न नेपाल तयार भएका हुन्। भेट हुने भए पनि समय र स्थान भने टुंगो लागि सकेको छैन् । उपनेता सुवास नेम्बाङले भने, “कुनै नाटकीय परिवर्तन भएन भने अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट हुन्छ । भेटघाटको समय र स्थान उहाँहरुको सचिवालयले मिलाउला।”
विगतको दश बुँदे सहमतिका आधारलाई टेकेर त्यसमा आवश्यक फेरबदल गर्ने जिम्मा ओली नेपाललाई दिने विगतको कार्यदलले निर्णय गरेको छ । त्यस आधारमा जे जस्तो समझदारी गरे पनि पार्टीका नेता कार्यकर्ताले स्विकार्ने उच्च तहको समझदारी बनेको जनाइएको छ ।
कार्यदलका एक सदस्यले भने, “अध्यक्ष ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएर र नेता नेपालको प्रस्तावमा अध्यक्ष ओली सहमति भएर नै भेटघाट तय भएको हो । दुवै नेताको भेटपछि एमाले नेता कार्यकर्ताले निराश हुनुपर्ने अवस्था आउदैन।”
आफ्नो समूह भित्रका अधिकांश नेताहरुले अध्यक्ष ओलीसँग सहमति गरेर अघि बढ्न नेता नेपाललाई दबाब दिएपछि केही दिनदेखि उनी लचिलो भएका हुन् । एमालेको खनाल-नेपाल समूहको हिजो बसेको स्थायी कमिटीको बैठकले आरोप प्रत्यारोप बन्द गरी शीर्ष नेतालाई वार्ताको वातावरण बनाउन दबाब दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस