काठमाडौँ- अहिलेको सरकार कुबाटोबाट बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आइतबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले सरकार निर्वाचनको माध्यमबाट नबनेको दोहोर्याएका हुन् ।
ओलीले भने, “निर्वाचन र जनादेशको माध्यमबाट अर्को सरकार आउँछ भने त्यसलाई प्रतिगमन भनिँदैन। तर, निर्वाचनको माध्यम र जनादेशको बाटोबाट होइन, कुबाटोबाट सरकार बन्यो।”
उनले सरकार गठनको लागि आफ्नै पार्टीका नेताहरुले सहयोग गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भने, “हाम्रै पार्टीका केही नेताहरु दक्षिणपन्थीको पछिपछि नलागेको भए यो अवस्था आउने थिएन। उनीहरुले निर्लज्ज र धोकेवाज काम गरे ।”
ओलीले पाँच दलीय गठबन्धनमा माधवकुमार नेपाल पक्षको सहभागिताप्रति पनि आक्रोश व्यक्त गरे । उनले भने, “आफ्नो सरकार ढालेर प्रतिपक्षमा पुर्याइएको छ र सत्ता पक्षको बैठक भन्दै बेसरम हुँदै सहभागिता जनाइएको छ।”
उनले यो देशको विकास र सुशासनको लागि कम्युनिस्ट नै चाहिने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस