काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ । बैठक जसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको हो ।
बैठक बिहान ११ बजे बोलाइएको भएपनि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पुग्न ढिला भएपछि बैठक अबेर सुरु भएको हो ।
बैठकले संसदीय दलको नेता चयन गर्नेछ । निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो ।
निर्वाचनको एउटा प्रक्रिया पूरा गर्नु पर्ने भएकाले दलको नेता चयन गर्न लागिएको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् । दलको नेतामा सर्बसम्मतिले अध्यक्ष यादव चयन हुने भएका छन् ।
जसपा एक भए पनि संसदीय दलको विधान बन्न नसक्दा दलको नेतामा महन्थ ठाकुर राजपा र उपेन्द्र यादव समाजवादी पार्टीको दलका नेता थिए । जसपा आधिकारिकता उपेन्द्रले पाएपछि पुनः दलको नेता चयन प्रक्रियामा जाने लागेको हो ।
जसपामा उपेन्द्रपक्षमा २२ सांसद छन्। बाँकी १० सांसद महन्थतिर लागेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस