काठमाडौँ- आज दिउँसो ३ बजे नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा बैठक बोलाइएको नेकपा जानकारी दिएका छन् ।
तामाङले आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे छलफल हुने जानकारी दिएका छन् ।
आफूनिकट नेताहरुसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई धेरै पर्खिन नसक्ने स्पष्ट पारेका छन् । त्यसकै लागि ओलीले आफ्नो समूहमा शनिबारसम्मको ‘डेडलाइन’ तोकेका छन् र त्यो समयसम्म सहमति नजुटे स्थायी कमिटी बैठकबाट अघि बढ्ने तयारी गरेका छन् ।
फुटको संघारमा पुगिसकेको एमालेलाई एकताबद्ध पार्ने भन्दै ओली र नेपाल पक्ष दुवैले पाँच–पाँच जनाको कार्यदल बनाएका थिए । त्यो कार्यदलले १० बुँदे सहमतिको प्रस्ताव ओली र नेपाललाई बुझाएको थियो । ओली अब त्यही सहमतिअनुसार स्थायी कमिटीबाट निर्णय गरेर अघि बढ्ने ‘मूड’मा पुगेको उनीनिकट एक नेताले नेपाल लाइभलाई बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस