काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बिहान बस्दै छ। बिहान १० बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको हो।
काठमाडौँ- आजको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने एक नेताले बताएका छन् । यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।
बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने बताइएको छ । यसअगाडि मंगलबारदेखि सुरु हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो ।
बैठकले नयाँ मितिको टुंगो लगाउने छ । यस्तै, शीर्ष तहमा भएको सहमति अनुसार केन्द्रीय समितिले उक्त निर्णयको अनुमोदन गर्नेछ ।
यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारीसमेत गरेको छ ।
समितिले मंगलबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यहरुको नामावली बुझाउने भएको हो । समितिका प्रवक्ता प्रदीप पौडेलले भने, “हामीले गर्नसक्ने सबै कार्य गरिसक्यौं। ९८ प्रतिशतको नामहरु छानबिन गर्यौं। टुंगो पनि लगायौं । २ प्रतिशत जति स्थगित गरेका छौं।”
सप्तरी र बाराको पुरै जिल्लामा नयाँ सदस्य र नवीकरणमा विवाद रहेको जनाउँदै समितिले त्यसमा समाधान निकाल्ने जिम्मेवारी शीर्ष तहलाई सुम्पने भएको छ । सिन्धुपाल्चोक र रसुवामा समायोजनका क्रममा अस्पष्ट भएको निष्कर्ष निकाल्दै समितिले प्रतिवेदन बुझाउने भएको छ ।
उक्त समितिमा पाँच हजार उजुरी परेका थिए । समितिले लगभग ९८ प्रतिशत काम सकेर आज प्रतिवेदन बुझउने तयारी गरेको हो ।
क्रियाशील विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस