काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डका कारणले एक ढिक्का हुन नसकेको दावी नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् । आइतबार गृह जिल्ला गुल्मीको तम्घासमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले नेकपा विघटन भइसकेको अवस्थामा आफूहरुको ध्यान एमालेलाई एकताबद्ध राख्ने भएको बताएका छन् । उनले भने, “१० बुँदको स्प्रिट के हो भने पहिलो कुरा त पार्टीलाई एकताबद्ध राख्नु पर्छ । दोश्रो, हिजो नेकपा एकीकरण हुनु भन्दा अगाडी नेकपा एमाले जहाँ थियो त्यहीँबाटै सुरु गर्नुपर्छ । त्यस सँगसँगै अर्को के कुरा पनि स्वीकार्नुपर्छ भने यस क्रममा नेकपाको निरन्तरताको रुपमा नेकपा एमाले आयो, पुर्व माओवादीका थुप्रै नेताहरु जोडिनु भयो ।”
पूर्वमाओवादीका नेताहरु एमालेमा प्रवेश गरेको नभइ प्रचण्डका कारणले एकता सम्भव नभएपछि उनीहरु एमालेलाई नै एकीकृत पार्टीको रुपमा विकास गर्नका लागि जोडिएको बताए ।
उनले नेकपा अदालतले फुटाइदिएको भन्नु गलत भएको पनि टिप्पणी गरेका छन् । उनले थप भने, “अदालतले नेकपा फुटाएको होइन्, उस्तै नामको नेकपा अर्कैले पहिल्यै दर्ता गरि सकेकाले अदालतले अर्को नाम फेर्नुहोस् भनेको हो , कमरेड केपी ओली र प्रचण्ड मिलेर अर्को नाम फेरेर अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसकेका कारण आ–आफ्नो ठाउँमा फर्किनु परेको हो ।”
अदालतले गरेको पछिल्लो फैसलाप्रति भने उनले विमति जनाए । नेपालमा अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नयाँ नजिर र अभ्यास सुरु गरेर देशमा अनपेक्षित मोड सिर्जना गरेको उनको दावी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस