काठमाडौँ- सांसद पदबाट दिएको राजीनामा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले फिर्ता लिएका छन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले आज बिहान सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर रावलले संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका जानकारी दिएका छन् ।
बिहीबार एमाले वरिष्ठ नेता माधव नेपाल रावलको घरमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । त्यसअघि अध्यक्ष केपी ओलीले पनि राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए ।
गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लाग्दा रावलले पार्टीभित्रको आन्तरिक असन्तुष्टिका कारण प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेको भन्दै राजीनामा दिएको घोषणा गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस