काठमाडौँ- आज पनि सोमबारदेखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सोमबार सुरु भएको हो । आज दिउँसाे ३ बजे बैठक बस्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबारको बैठकले विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आजकाे बैठकले उनीहरुमाथि कारबाहीकाे प्रक्रिया अघि बढाउने जनाइएकाे छ ।
उनीहरुलाई २४ घन्टे स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको थियो ।
तर, सांसदहरुले यसबारे कुनै जवाफ दिएका छैनन् । प्रधानमन्त्री देउवाको पक्षमा मत दिने सांसदहरुले यो स्पष्टीकरणको औचित्य नरहेको भन्दै कुनै जवाफ नदिने बताएका छन् ।
असार २८ मा संसद पुनःस्थापन गर्न आदेश दिएको सर्वोच्च अदालतले देउवालाई विश्वासको मत दिएका सांसदलाई कुनै पनि पार्टीले कारवाही गर्न नपाउने फैसला गरेको थियो ।
तर, आज बस्ने केन्द्रीय कमिटी बैठकमा यी नेताहरुमाथि कारवाही गर्ने सम्भावना रहेको एक नेताले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस