काठमाडौँ- एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिन सक्ने भन्दै चनाखो हुन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुझाव दिएका छन् ।
एमाले एकता टुंगोमा पुग्नै लागेका बेला शनिबार वरिष्ठ नेता नेपालको निजी निवास कोटेश्वर पुगेर माओवादी अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन् ।
स्रोतका अनुसार दाहालले प्रधानमन्त्री ओली विश्वासयोग्य नेता नभएको भन्दै उनको भर नपर्न नेता नेपालसँग आग्रह गरेका हुन् ।
दाहालले नेपालसँगको भेटमा भने, “ओलीजी विश्वासयोग्य नेता होइन। जहाँ जतिबेला पनि धोका हुन सक्छ। यसमा चाहिँ ख्याल गर्नुस् ।”
दाहालले नेपाललाई पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न समेत आग्रह गरे । दाहाललाई उधृत गर्दै स्रोतले भन्यो, “ओलीजीबाट तपाईंहरूलाई फेरि धोका हुन सक्छ, त्यसैले हाम्रो साथ नछोड्नहोस् ।”
जवाफमा नेता नेपालले आफू निकटका नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताएका थिए । नेपालनिकटक स्रोतले भने दुई नेताको भेटबारे विस्तृतमा उल्लेख गर्न चाहेन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस