काठमाडौँ- सिंहदरबारमा नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बिहान साढे ११ बजे बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै एक घण्टा सारिएको थियो । केही ढिला गरी भर्खरै सुरु भएको बताइएको छ ।
यसअघि, संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ बैठकमा तयारी गर्नुपरेकाले एक घण्टा पछाडि सारिएको बताएका थिए । यसअघि बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो छलफल भएपछि एमाले विवाद टुंगिने दिशातर्फ अघि बढेको ठानिएको थियो ।
विवाद मिल्ने संकेत प्राप्त भएको भन्दै उत्साहित बनेका कार्यदलका नेताहरू बिहीबार दिउँसो बैठक बसेर सहमतिको खाका कोर्ने प्रयास गरेका थिए । तर, दिउँसोको बैठक एकैछिन बसेर साँझका लागि सरेको थियो ।
बैठकमा सहभागी नेपाल पक्षीय नेता रघुजी पन्तले साँझ बस्ने बैठकले सहमतिको मस्यौदा पेश गर्ने बताएका थिए । तर, साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्ने भनिएको बैठकमा कार्यदलका ओली पक्षका नेता विष्णु पौडेल उपस्थित नभएपछि बैठक स्थगित भएको थियो ।
नेपाल पक्षीय नेता घनश्याम भुसालले बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पछिल्ला दश दिनमा विवाद समाधानका लागि कुनै प्रगति नभएको खुलासा गरेका थिए । उनका अनुसार १० दिनअघि सहमतिका केही एजेण्डाहरु तयार गरिएको भए पनि विभिन्न कारणले त्यसमा कुनै प्रगति हुन सकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस