काठमाडौँ- आज पनि नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक बस्ने भएको छ ।
हिजो साँझ सिंहदरबारमा बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो १ बजे पुनः बैठक बस्ने भएको हो । माधव नेपाल पक्षीय कार्यदलका नेता भीम रावलले हिजोको बैठकमा आन्तरिक विवाद समाधानका लागि गम्भीर छलफल भएको बताएका छन् ।
पार्टी एकता कायम गरेर अघि बढ्ने र त्यसमा दुवै पक्ष थप गम्भीर हुने सल्लाह भएपछि हिजोको बैठक सकिएको थियो । बैठकमा सहभागी अर्का नेता गोकर्ण विष्टले पनि बैठक सकारात्मक र हार्दिक भएको बताएका थिए । आजको बैठकमा सहमतिका मिलनविन्दुहरु पहिल्याउन थप कोशिष गरिने बताइएको छ ।
आन्तरिक विवाद मिलाउन गत जेठ २ गते गठित कार्यदलमा दुवैपक्षका पाँच–पाँच जना नेता छन् । ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन् ।
बीचमा लामो समय काम गर्न नसकेको कार्यदल आइतबार साँझ नेता भीम रावलले अध्यक्ष केपी ओलीसँग भेट गरेपछि पुनः सक्रिय बनेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस