काठमाडौँ- देशको प्रगतिशील शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्न अनेक खालका प्रयासहरू भइरहेको बताएका हुन् ।
उनले देशलाई अनुशासनहीन, उच्छृखंल र सामाजिक सभ्यताहरूको उल्लंघन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको पनि बताएका छन् । उनले भने, “अनुशासन उल्लंघन गर्नुलाई बहादुरी ठान्ने प्रवृत्ति, त्यस्ता कुराहरूले अहिले पनि आन्दोलनको संगठित तवरले घोषणा गर्ने, निषेधाज्ञा तोड्ने, उल्लंघन गर्ने, हामीलाई कसले के गर्न सक्छ भन्ने खालका भावना राख्ने ती प्रवृत्तिहरू बढेका छन्। अहिले राजनीतिक मुद्दा आफ्नो ठाउँमा छन्, राजनीतिक थलोबाट मुद्दालाई अदालततिर पठाइएको छ। जनतामा जान नदिने प्रयासहरू भइरहेका छन्। ती प्रयास सँगसँगै अदालतलाई दबाब दिन र खासगरी प्रगतिशील शक्तिलाई बदनाम गर्न त्यसलाई कमजोर पार्न, त्यसलाई छिन्नभिन्न पार्न अनेक प्रयास भएका छन्।”
नेकपा (एमाले)लाई जनताको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि उनले आरोप लगएका छन् । ओलीले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउन संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको बताएका छन् ।
ओलीले भने, “हाम्रो पार्टीको साख जनताबीच गिराउन खोज्ने, हाम्रो पार्टीको मर्यादा ध्वस्त पार्न खोज्ने त्यस्ता काम हुने गरेका छन्। आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेतृत्वमा सरकार बनाउने जस्ता लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली, दलीय अनुशासन उल्लंघन गर्ने र अराजकताको स्थिति सिर्जना गर्ने त्यस्ता खालका कामहरू पनि भइरहेका छन्।”
प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई तोडेर राजनीतिक दलहरू पुत्ला दहनमा लागेका भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कर्तव्य पालना गरिरहेको जिकिर गर्दै राष्ट्रपति भण्डारीमाथि निकृष्ट तहमा ओर्लिएर गालीगलौज, अपमान र झुठा लाञ्छना लगाएर समाजलाई असभ्य बनाउन खोजिएको पनि उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस