काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेर काम गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् ।
देउवाले संघीय संसद भवन बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले भने, “राष्ट्रपतिलाई हामीले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेपछि उहाँलाई शंका लागेको भए सनाखत गर्न सक्नुहुन्थ्यो। उहाँले त ओलीको कार्यकर्ता जस्तो बनेर काम गर्नुभयो। भारतमा पनि यस्तो अभ्यास गरिएको छ तर यहाँ राष्ट्रपतिले केही गर्दै नगरी संसद विघटन गर्नुभयो ।”
उनले राष्ट्रपतिले संविधानअनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा नगरेपछि आफूहरु अदालत जानुपरेको बताएका छन् ।
देउवाले भने, “अब अदालतले मलाई प्रधानमन्त्री तोकेर ३० दिन भित्र विश्वासको मत लिनु भनेर आदेश गर्छ भन्ने मलाई विश्वास छ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस