काठमाडौँ- असार १५ देखि रेल चलाउने गरी तयारी गर्न रेल विभागलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् ।
पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा मन्त्री नेम्वाङले आवश्यक तयारी सकेर असार १५ गते प्रधानमन्त्रीबाट रेलको उद्घाटन गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् । उनले त्यसका लागि आवश्यक समन्वयका लागि मन्त्रालय तयार रहेको बताएका छन् ।
उनले भने, “लकडाउन खुल्नेबित्तिकै छिटो जनकपुर–जयनगर रेल सञ्चालन गर्नुपर्छ। मैले भन्नुपर्यो भने त तपाई असार १५ गतेदेखि रेल चलाउने गरी तयारीमा लाग्नुस् भन्छु । त्यसका लागि चाहिने के–के हो बुँदागत रुपमा तयारी गर्नुस्, १५ गते प्रधानमन्त्री लगेर रेल उद्घाटन गर्ने हो लकडाउन पूर्णरुपमा खुल्दा । भएन भने भर्चुअलबाट पनि हुन्छ ।”
पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि मन्त्री नेम्वाङले निर्देशन दिएका छन् ।
उनले भने, “साना वोटहरु हाम्रा नदी नालामा सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदारुकताका साथ ध्यान दिन अनुरोध गर्न चाहान्छु। ”
मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने कुरा पनि स्पष्ट पारेका छन् । उनको खुवालुङको सम्बन्धमा उठेका जन आवाजलाई ध्यान दिने भनाई छ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उनले निर्देशन दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस