काठमाडौँ- बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएका अभिव्यक्तिको नेकपा एमालेले भर्त्सना गरेको छ।
शनिबार विज्ञप्ति जारी गर्दै सांसद वैद्यले प्रदेशसभा बैठकमा दिएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्ने अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले टिप्पणी गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ, “बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले)ले अत्यन्त गम्भीर रुपमा लिएको छ। प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ। उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ।”
शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद वैद्यले प्रधानमन्त्री केपी ओलीले मनलाग्दी गरेको भन्दै नाथुराम गोड्से आवश्यक परेको र कोही बन्न तयार नभए आफैँ बन्ने बताएका थिए । नाथुराम गोड्से महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने व्यक्ति हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस