काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले मार्ने धम्की दिएका छन्
।
सांसद वैद्यले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यत्तिकै छोड्नु नहुने भन्दै नाथुराम गोड्से आवश्यक परेको बताएका थिए ।
काठमाडौँ क्षेत्र नं. ४ क बाट काँग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओली सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका छन् । अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको उनले बताएका छन् ।
उनले भने, “ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? म बन्ने कि ? ”
ओलीलाई मार्ने षडयन्त्र भएको भन्दै वैद्यको अभिव्यक्तिको चर्को आलोचना भएको छ । कांग्रेस प्रवक्ताले शब्द फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई आग्रह गरेका छन् ।
उनले भने, “सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र ब्यवहार `भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।”
त्यस्तै एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री ओलीको सुरक्षा गर्न जे पनि गर्न तयार रहेको भन्दै कारवाहीको माग गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस