काठमाडौँ- सभामुख अग्नि सापकोटाको आव्हानमा प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न सर्वदलीय बैठक शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरु बैठकमा विपक्षी गठबन्धनका नेताहरु सहभागि छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव कुमार नेपाल लगायत बैठकमा छन् । प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे बैठकमा छलफल हुँदैछ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकमा सहभागि नहुने भएका छन् । सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतालाई बैठकमा बोलाएका थिए ।
सभामुखले प्रधानमन्त्री ओलीलाई पत्र पठाएर बैठकमा सहभागि जनाउन आग्रह गरेका थिए । एमालेका एक शीर्ष नेताले भने, “सभामुखज्यूले प्रधानमन्त्रीलाई पत्र पठाएर बैठकमा सहभागि हुन आग्रह गर्नुभएको रहेछ, तर सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी विषय विचाराधीन रहेको समयमा त्यो बैठकमा प्रधानमन्त्रीज्यू सहभागि हुनुहुन्न।”
यसअघि उनले पूर्व सभामुख र संविधानविद्हरुसँग परामर्श गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस