काठमाडौँ- गएराति प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच करिब साढे २ घण्टा वार्ता भएको थियो । साढे सात बजेतिर शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली करिब १० बजे बाहिरिएका थिए ।
प्रधानमन्त्री ओली सर्वोच्च अदालतले लिखित आदेश माग गरेलगत्तै राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुगेका हुन् ।
सर्वोच्चले संसद विघटन गर्नु पर्नाका कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अदालतलाई दिने जवाफ लगायतका सम्बन्धमा ओली र राष्ट्रपति भण्डारीबीच छलफल भएको बताइएको छ ।
यसबाहेक गण्डकी प्रदेशको विवाद पेचिलो बन्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभा नै भंग गर्ने मनस्थितिमा पुगेका छन् ।
यसका सम्बन्धमा पनि प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस