प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फैलदो कोभिड नियन्त्रण, कोभिडविरुद्धको लडाईमा भारतले अन्य मुलुकलाई भन्दा फरक ढंगले सहयोग गर्न पर्ने बताएका छन् । नेपाल र भारत खुला सीमा मात्र होइन कतिपय स्थानमा त दशगजा समेत थाहा नभएको अवस्थामा नेपाललाई गर्ने सहयोगमा भारतको विशेष ध्यान जानुपर्ने उनले बताएका छन् ।
त्यस्तै उनले भारतमा कोभिड नियन्त्रण भयो र नेपालमा हुन सकेन भने त्यसको कुनै अर्थ नहुने पनि बताएका छन् । उनले भारतबाट चाहे जस्तो सहयोग कोभिड नियन्त्रणमा नपाएको घुमाउरो शैलीमा भने पनि पहिलो पटक नै खोप उपलब्ध गराएको र अन्य स्वास्थ्य सामग्री पनि सहयोग गरेकोमा धन्यवाद पनि भने ।
उनले भने, “म प्रधानमन्त्री मोदीलाई अनुरोध गर्न चाहन्छु । मानिसहरू बीच हरेक कुराका निम्ति आवतजावत हुन्छ । यी र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ । त्यसको अर्थ मैले भारतबाट सहयोग नपाएको भनेको होइन ।” उनले चीनको विषय ल्याएर राजनीति गर्न नहुने पनि बताएका छन् । यतीबेला नेपाललाई खोप चाहिएको छ त्यसको लागि नेपालले दुवै छिमेक र सबै मुलुकलाई आग्रह गर्नेछ र गरिरहेको छ ।
उनले भने, “खोप भारतले दिए पनि, चीनले दिए पनि, अमेरिका, युके जसले दिए पनि ठीक छ । त्यसैकारण यसमा राजनीति गर्न जरुरी छैन र दुवै छिमेकीलाई हामी धेरै धन्यवाद दिन्छौं। किनभने एउटा (चीन) ले हामीलाई १८ लाख खोप दिएको छ, अर्को (भारत)ले २१ लाख खोप दिएको छ । दुवैको मद्दत हामीले पाइराखेका छौं । दुवैबाट हामीलाई मेडिकल उपकरणहरू पनि मिलिरहेको छ । त्यसलैले हामी दुवैलाई धन्यवाद दिन्छौं ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस