काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट राेक्न अन्तिमसम्म प्रयास गर्नुपर्नेमा निष्कर्ष निकालेको छ।
प्रवक्ता प्रदिप ज्ञवालीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा बसेकाे बैठकले पार्टी एकताका लागि लचिलो हुनुपर्ने निष्कर्ष निकालेको बताए।
उनले भने, “पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्काे बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ।”
पार्टीको उम्मेदवारलाई हराएर गर्व महसुस गरिरहेकाे माधव नेपाल समूहले बताए । पार्टीबाट कारवाही भइसकेकालाई फर्काउने सम्भावना नभएकाे संकेत गर्दै मूलधारमा धेरैलाई फर्काउने प्रयास भइरहेकाे स्पष्ट पारेका छन्।
उनले भने, “शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नाे उम्मेदवार हराउन उहाँ लाग्नुभएको छ। ती साथीहरू फर्किनुभयो भने त राम्रो हुन्छ। उहाँहरूको गतिविधि र हाम्रो पार्टी एकताको कहिँकतै तालमेल मिल्दैन।”
एकतालाई जाेगाउन लागिपरेको भएकाले स्पष्टीकरण सोधिएको बिषयमा छलफल नभएको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस