काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा दुईघण्टा पछि भर्खरै सुरु भएको हो ।
आज बिहान बैठक ११ बजेका लागि बोलाइएको थियो । बालुवाटारमा जारी बैठकमा बजेट, लुम्बिनी प्रदेशअन्तर्गत भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।
यही जेठ १५ गते सरकारले अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको थियो । त्यस्तै, सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उमेदवार पराजित भएका थिए ।
अघिल्लो स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थप १२ नेतालाई स्पष्टीकरण सोधेको थियो । उक्त बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायत ११ जनालाई कारबाही ग¥यो ।
खनाल–नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरुबीचको सोमबार मध्यरातमा भएको छलफलपछि स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाहीको विषय केही दिनका लागि रोक्ने तयारी भएको बताइएको छ । एमालेका दोस्रो तहका नेताले याक एन्ड यती होटेलमा छलफल गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस