काठमाडौं- आज संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ हुदै छ ।
शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ । तर इजलासमा रहेका न्यायाधीशमाथि नै कानून व्यवसायीले प्रश्न उठाएपछि आजको संवैधानिक इजलास कस्तो हुन्छ भन्ने सबैको चासोको विषय छ ।
सोमबार इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्वीकार गरेपछि यस सम्बन्धि निर्णय आउन सकेन । इजलासबाट हट्नुपर्ने वकिलहरूको मागलाई दुवैले अस्वीकार गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा केसी र श्रेष्ठलाई इजलासमा बस्ने नबस्ने बारे निर्णय लिन आग्रह गरेपछि उनीहरुले वकिलले भनेकै भरमा आफुहरुले इजलास नछोड्ने अडान राखेका हुन् ।
प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको रोष्टरमा रहेका सबै १३ न्यायाधीश बसेर यस विषयलाई टुंगाउनुपर्ने बताए पनि उनीहरुको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
संवैधानिक इजलास कै विषयमा विवाद बढेपछि न्यायाधीशद्वय कार्की र भट्टराईले रोष्टरमा रहेका न्यायाधीशसँग सोमबार छलफल गरेपनि आज निर्णयमा पुग्ने बताइएको छ ।
यस बारेमा उनीहरुले निर्णय गरिसकेका छैनन् । इजलास गठन नै पेचिलो बन्दै गएपछि सर्वोच्च अदालतले संसद विघटनको मुद्दालाई कसरी अगाडी बढाउँछ भन्ने अन्योलता देखिएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस