काठमाडौँ- नेता माधव नेपालभित्र स्वार्थ लुकेको प्रधानमन्त्री केपी शर्मा अोलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल समूहले देशविरुद्ध ठूलो अनिष्टको काम गरेको आइतबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बताएका हुन् ।
उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशनमा परेका नेता नेपालको जन्दिगी देखेर दया लाग्ने गरेको बताए ।
उनले भने, “तिनिहरुको जिन्दगी खेर गएको देखेर दया लाग्छ । त्यस्ता तत्वहरुले अहिले पनि घृणा फैलाउने काम गरिरहेका छन् । तीनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । तीनले देशकाविरुद्ध ठूलो अनिष्टको काम गरेका छन्।”
त्यस्तै नेता नेपालले आफ्ना पार्टीका अध्यक्षविरुद्ध राष्ट्रपतिसमक्ष आफू विरोधमा आएको प्रधानमन्त्री ओलीले बताए । उनले आफ्नो सरकारविरुद्ध अविश्वासको पक्षमा लाग्ने, फ्लोर क्रस गरेको भन्दै दलीय अनुशासन र संसदीय प्रणालीविरुद्धमा गएको बताएका छन् ।
उनले भने, “जब नेतृत्व तहबाट त्यस प्रकारका काम हुन्छन् त्यसलाई गर्वसाथ सम्माननीय राष्ट्रपति समक्ष पुगेर एक जना नेताले म यहाँ छु । म विरोधमा आएको छु भनेछन् । शरम छैन् । माथिबाटै धमिलो बगेपछि तलबाट संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बगाउने काम भएको छ । यो चिन्ताको विषय हो।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस