काठमाडौं- नेपाली कांग्रेस र माओवादी केन्द्रले गठवन्धन सरकार बनाउन आज अन्तिम प्रयास गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठवन्धन सरकार बनाउन आज राति नौ बजेसम्मको समय दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत पाउन असफल हुनुभएपछि नयाँ सरकार गठनका लागि आव्हान गरिएको थियो ।
नयाँ सरकार बनाउन कांग्रेस र माओवादी नेताहरुले जनता समाजवादी पार्टीलाई मनाउन प्रयास गर्दै आइरहेका छन् । तर, संस्थापन महन्थ ठाकुर पक्ष भने गठवन्धन सरकारको पक्षमा रहेको छैन । सो पक्ष आमचुनावमा जानुपर्छ भनिरहेको छ ।
आज राति नौ बजेभित्र संविधानको धारा ७६ को उपधारा दुई अनुसार गठवन्धन सरकार बन्न नसकेको अवस्थामा सबैभन्दा ठूलो दल नेकपा एमालेको नेतृत्वमा अल्पमतको सरकार बन्नेछ । अल्पमतको सरकारले ३० दिनभित्र विश्वासको मत पाउन नसकेमा प्रतिनिधि सभा भंग भई आमचुनाव हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस