काठमाडौँ- आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसद्को विशेष अधिवेशन बोलाइएको छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आजै विश्वासको मतको प्रस्ताव टुंगो लगाउने कार्यसूची रहेको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एकै दिनमा प्रस्ताव टुंगो लगाउने कार्यसूची तय गरेको हो।
अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधि सभाको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएलगत्तै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री ओलीको मन्तव्यपछि दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले आ–आफ्ना धारणा राख्नेछन् । प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएपछि मत विभाजन हुनेछ ।
विश्वासको मतसम्बन्धी प्रस्तावमा ‘हुन्छ, हुन्न र दिन्न’ भन्ने गरी तीन प्रकारले मत दिने व्यवस्था गरिएको छ। कोरोनाभाइरसको संक्रमणमा परेका सांसदका लागि छुट्टै मतदान कक्ष निर्धारण गरिएको छ। अहिलेसम्म २८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ।
समयको प्रतिकूलता र धेरै लामो समयसम्म सभा बस्न नहुने विशेषज्ञको रायका आधारमा बैठक छिट्टो सक्ने गरी कार्यसूचि तय गरिएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेए जानकारी दिएका छन् । सोमबार नै मतदान भएपछि अधिवेशन अन्त्य हुनेछ ।
प्रतिनिधि सभा २७५ सदस्यीय छ। तर, अहिले नेकपा (एमाले)मा प्रवेश गरेका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेपछि उनीहरूको स्थान रिक्त छ । त्यस्तै, सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्। यी आठै जनाले मत दिन पाउने छैनन् ।
निलम्बनमा परेका समेत गणना हुने भएकाले अहिले प्रतिनिधि सभामा २७१ सदस्य छन्। त्यसैले बहुमतका लागि १३६ सांसद आवश्यक पर्छ।
अहिले एमालेका १२१, माओवादीका ४८ (सभामुखबाहेक), कांग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा)का ३२, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसद छन्। पक्ष र विपक्षमा बराबर मत भएपछि मात्रै सभामुखले मतदान गर्नेछन्।
अहिलेसम्म प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा एमाले सांसद मात्रै देखिएका छन्। उनीहरूमध्ये पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित २० सांसदले राजीनामा दिने चेतावनी दिएका छन्।
त्यस्तै, कांग्रेस र माओवादीले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। जसपाले सांसदलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ। जसअनुसार, उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षका १८ सांसदले विपक्षमा मतदान गर्ने जनाएका छन्।
जनमोर्चा, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदले अहिलेसम्म निर्णय गरेका छैनन्। तैपनि, अहिलेसम्मको अवस्था अनुसार प्रधानमन्त्री ओलीको विश्वासको मतको पक्षमा बहुमत नपुग्ने देखिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस