काठमाडौं- एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका सांसदहरुनेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २ जेठ २०७५ कै अवस्थामा फर्किएर सहमति जुटाउने प्रयासमा उदसीन देखिएपछि राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।
यद्यपि ओलीलाई नेपाल-खनाल समूहले २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् ।
शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । एक सांसदले भने, “२ जेठ २०७५ कै अवस्थामा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर भोलि साँझसम्म कुर्छौ ।”
उनका अनुसार ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् । राजीनामा दिन सांसदहरुले प्रतिबद्धता नै जनाएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरुले विश्वासको मत नदिने भएका छन् ।
अध्यक्ष ओली २ जेठको एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्कन नचाहेको वार्तामा सहभागी नेताहरुको ब्रिफिङ थियो । २८ फागुन यता गरिएका निर्णय खारेज गर्दै अदालतको फैसला अनुसार एमालेको बैठक बसेर मात्रै अगाडि बढ्न सकिने अडानबाट पछि नहट्ने निर्र्णय पनि सांसदहरुको बैठकले निकालेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस