काठमाडौं- कोरोना महामारीका सन्दर्भमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिए ।
उनका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा धारणा राख्ने छन् ।
देउवाले पत्रकार सम्मेलन गरेर कोरोना रोकथाम र जनजीविका विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रयोजनका लागि आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ । सम्मेलन मार्फत देउवाले पार्टीको १४ औं महाधिवेशन, अन्य समसामयिक विषयमा पनि धारणा सार्वजनिक गर्ने बताइएको छ । बिहीबारबाट काठमाडौं उपत्यकासहित एक दर्जन बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दिनप्रति दिन कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस