काठमाडौं- जनताले आफूलाई पहिलेको जस्तै गर्जियोस् भन्ने चाहना व्यक्त गरिरहेको नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
उनले भने ,”मैले विस्तारै जनताको मनोभावना बुझ्ने कोसिस गरेको छु। जनताले पहिलाको जस्तो माओवादी होस्, प्रचण्ड पनि पहिलाको जस्तै गर्जियोस्, पार्टी पनि त्यसरी नै आवस् भन्ने चाहना व्यक्त गरिराख्नुभएको छ।”
पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टी एकताको पक्षमा लागिरहेको बताउँदै माओवादी अहिले विशाल सम्भावना अगाडि उभिएको दाबी गरे।
उनले भने, ‘प्रतिक्रियावादी मिलेर एकता भंग गरे। तर, हामी कम्युनिष्ट पार्टीको झण्डा फहराइरहेका छौँ। हामीलाई कम्युनिष्ट आन्दोलनको रक्षाको लागि अवसर प्राप्त भएको छ। हामी कमजोर भएका छैनौँ। हामीले जनताको नजिकबाट बुझ्ने कोसिस गरिरहेको छौँ।’
कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउनका लागि आफ्नो पार्टी बलियो बनाउनुपर्ने बताए। उनले पार्टी एकता गरेर कुनै गल्ती गरेको नभए पनि विदेशी शक्तिको आडमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै एकता भंग गरेको आरोप लगाए।
‘हामीले एकता गरेर गल्ती गरेका छैनौँ। शक्ति सन्तुलन हाम्रो पक्षमा नभएर रोक्न सकिएन। तर, गलत प्रवृत्तिका खलनायकहरूलाई पार्टी एकता हुदा विधि संवत् रुपमा हटाएका थियौँ। ७० प्रतिशत बहुमत सदस्यका साथ फालेकै हो’ उनले भने, ‘तर, उनीहरुले विदेशी शक्तिको आडमा कम्युनिस्ट आन्दोलन र संविधानविरुद्ध लागिरहे। त्यो कुरा जनताले बुझेका छन्।’ अदालतको विचित्रको नौटङ्कीको निर्णय कताबाट आयो भनेर आश्चर्य प्रकट गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस