काठमाडौं -‘पदका लागि पाखण्डी र उल्लुहरुको पार्टीमा बस्नुभन्दा पद छाडिदिन्छु’– लुम्बिनी प्रदेशका सांसद् दिनेश पन्थीको भनाई हो यो ।
माओवादी केन्द्रका सांसद् दिनेशले पार्टी त्याग्नुभयो, नेकपा एमालेमा प्रवेश गर्नुभयो । उहाँसँगै दधिराम न्यौपाने पनि एमाले प्रवेश गर्नुभयो ।
त्यसपछि माओवादी केन्द्रले प्रदेश सभाका सभामुखलाई पत्र दियो । पत्रमा दिनेश र दधिरामलाई सांसद् पदबाट हटाउन लेखिएको छ ।
प्रचण्डको पार्टीले सांसद पदबाट हटाउन पत्र लेखेपछि सांसद दिनेश पन्थीले यो संवाद्दातालाई भन्नुभयो– ‘पार्टी भनेर बसियो, नेता भनेर सधैं सम्मान गरियो, श्रद्धा पनि गरियो । तर, उल्लु–उल्लु कुरा गरे पछि त्यस्तो पार्टीमा बस्नुको के अर्थ भयो र ?’
सांसद् पन्थीले विगतमा माओवादीमा लाग्नु आफ्नो भ्रम रहेको र अब आफू भ्रममुक्त बनेको बताउनुभयो ।
माओवादी छोड्दा सांसद पद जान्छ भन्ने थाहा हुँदाहुँदै पार्टी त्यागेको बताउनु भयो । ‘सांसद पदभन्दा एमाले मलाई प्यारो छ’ – उहाँले भन्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदद्वय दिनेश र दधिरामलाई सांसद पदबाट हटाउन आज पत्र लेख्नुभएको हो ।
सांसद् पदबाट हटाउने पत्र पठाएपछि दिनेश र दधिराम माओवादीमै फर्कने प्रचण्डको अपेक्षा थियो । त्यस विपरित उहाँहरुले सांसद् पद माया मार्ने घोषणा गर्नुभएको हो ।
पार्टी त्याग्नुभएका दुवै सांसदलाई यसअघि माओवादीले स्पष्टिकरण सोधेको थियो । चित्तबुझ्दो जवाफ नदिएको भन्दै उहाँहरुलाई पदबाट हटाउन प्रदेश सरकारलाई पत्रलेखिएको हो ।
दिनेशले भन्नुभयो– ‘सही विचार, नीति र नेतृत्व छान्नु भनेको जनताको बीचमा रहनु हो । जनताको बीचमा बसियो भने यस्ता पद जति पनि पाइन्छ । मुख्य कुरा जनता हुन् । मैले जनताको भावना अनुसार निर्णय लिएको छु ।’
‘ठिक ठाउँमा उभियो भने पार्टीले स्वत जिम्मेवारी दिन्छ’– दिनेशले भन्नुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस