वाग्मती- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठपर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताउनुभएको छ । छठपर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।
“नेपालीहरुको महान् चाड छठको पावन अवसरमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।
“हिन्दूशास्त्रानुसार सूर्यलाई आदिदेव अर्थात् प्रथम देवताका रूपमा मानेर पुज्ने प्रचलन रहेको छ । संसारमा चलिआएका हरेक धर्म परम्पराहरुले सूर्यलाई जीव अस्तित्वको कारकका रूपमा स्वीकार गरेको पाइन्छ । ताप, राप, प्रकाश र ऊर्जाको पहिलो स्रोत सूर्यदेवको आराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठपर्व मधेशीको मात्र नभई आम नेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको छ । यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस