मकवानपुर-वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौँडामा सम्बोधन गर्दै उहाँले सङ्घीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुन्छ भन्नुभयो ।
उहाँले जनप्रतिनिधले विकासको पूर्वाधार भन्नाले डोजरद्वारा सडक निर्माण गर्ने भन्ने बुझाइलाई त्याग्न र जनतालाई प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार तयार गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय निकायलले जोडदिनुपर्छ भन्नुभयो । उहाँले झोलुङ्गे पुल, कृषि सडक, सिँचाइ, तटबन्धनको निर्माण, ग्रामीण विद्युतीकरण र वातावरण सुधारको पक्षमा प्रदेश सरकारले पनि आफ्नो सीमित स्रोत साधन परिचालन गर्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रदेशसभाका सदस्यद्वय प्रेमबहादुर पुलामी र सन्तबहादुर प्रजाले विपन्न जनताको आयआर्जन हुने कार्यक्रम बनाउन जोड दिनुभयो । उहाँहरुले पूर्वाधारका योजनालाई निश्चित समयमा सम्पन्न गर्नेतर्फ स्थानीय जनप्रतिनिधिको भूमिक सशक्त हुनुपर्ने बताउनुभयो ।
जिसस प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनीले योजनाको सफल कार्यान्वयनबाट मात्र जनताको समृद्धि हुने विचार व्यक्त गर्नुभयो । राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले कोमिड–१९ सङ्क्रमणको जोखिमबाट जनतालाई जोगाउन स्थानीय जनप्रतिनिधि भूमिक अहं रहने बताउनुभयो ।
सो अवसरमा कोरोना जोखिम हुन नदिन उल्लेखनीय योगदान वापत विभिन्न सङ्घसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रशंसापत्र पाउनेमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका स्वास्थ्य निरीक्षक भोला चौँलागाई, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठ, स्थानीय समाजसेवी नारायण थिङ, उद्यमी ऋषिराम घिमिरे, यातायात व्यवसायी बद्रीप्रसाद चौलागाईँ र श्री कृष्ण प्रणामी सेवा समितिको तर्फबाट केदार चौलागार्इँलगायत हुनुहुन्थ्यो । समीक्षा बैठकमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकाका प्रमुख तथा उपप्रमुख सहित आठ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस