काठमाडौं–रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र मिलन पाण्डेयले मुल नेतृत्व सम्हालेका विकेकशील दल विचको एकता धरापमा परेको बताइएको छ।
गठन हुने नयाँ पार्टीको संयोजकमा आ आफ्नो समूहको दाबी रहेपछि एकता प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ।
विवेकशील दलले मिश्रलाई पार्टीको संयोजक स्विकार्न तयार नभएको बताइएको छ। विवेकशील दलकी नेतृ रञ्जु दर्शनालाई संयोजक बनाउनुपर्ने उक्त पार्टीको प्रस्तावलाई भने साझा पार्टीले ठाडै अस्विकार गरेको थियो। दर्शनालाई संयोजकमा विवेकशील दलले अघि सारेपछि साझा पार्टीले एकिकरणबाट हात झिकेको बताइएको छ।
पार्टी एकतामा समस्या उत्पन्न हुनुमा दुई दिन अघि साझाले सार्वजनिक गरेको राजनीतिक प्रतिवेदन समेत भएको बताइएको छ।
यसैविच, विवेकशील दलको जनकपुरमा भएको महाधिवेशनमा आर्थिक घोटाला गरेको आरोप लागेका निर्देश सिलवाल पार्टी एकिकरणको पक्षमा रहेको बताइएको छ।
पार्टीको न्याय तथा सुशासन समितिमा उनी विरुद्ध अनलाईन भोटिङमा अनियमिता गरेर आर्थिक हिनामिना गरेको उजुरी परेको बताइएको छ। साझासँग एकता गर्ने पक्षमा रहेका उनी वार्ता संयोजक पनि रहेका छन्।
विवेकशीलबाट महासचिव सिलवाल र साझाका संगठन विभाग प्रमुख केशव दाहालको नेतृत्वमा संवाद समिति गत महिना बनाइएको थियो।
दुई पार्टी एकिकरण हुने निर्णयसँगै साझाका तत्कालीन नेताद्धय सुरेशराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका थिए।
दशैं अघि नै दुई दलविच एकता हुने बताइएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस